फूलबारीमा निशुल्क आँखा शिविर: १८५ जना लाभान्वित
१५ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया हुने
पाेखरा | मंसिर १३, २०८२
पोखरा: पोखरा महानगरपालिका-११ फूलबारीमा शुक्रबार निस्शुल्क आँखा परीक्षण तथा मोतिविन्दु पहिचान शिविर सम्पन्न भएको छ। फूलबारी क्लबको आयोजना र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १८५ जनाको आँखा जाँच गरिएको थियो।
जाँचका क्रममा १५ जनामा मोतिविन्दु देखिएको र उनीहरू सबैको आगामी मंसिर २५, २६ र २७ गते दृष्टि आँखा अस्पतालमै निःशुल्क शल्यक्रिया गरिने अस्पतालले जनाएको छ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्री थापाले यस्ता सामुदायिक शिविरले आर्थिक रूपले विपन्न नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो। आँखाको उपचार निकै महँगो हुन्छ, यस्ता शिविरले धेरैको जीवनमा उज्यालो छर्ने काम गरेका छन् उहाँले भन्नुभयो।
शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। फूलबारी क्लबका सह(सचिव अनन्तराज आचार्यले भन्नुभयो हाम्रो सानो प्रयासले कसैको संसार अँध्यारो नहोस् भन्ने नै हाम्रो उद्देश्य हो।
क्लबले यस्ता स्वास्थ्यसम्बन्धी शिविरहरू भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।
कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष जनार्दन बाँस्तोलाले गर्नुभएको थियो भने संयोजन संगीता आचार्य र सञ्चालन सचिव सबिना आचार्यले गर्नुभएको थियो। कार्यक्रममा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, दृष्टि आँखा अस्पतालका अध्यक्ष शिवप्रसाद पोख्रेललगायत जनप्रतिनिधि, विभिन्न संघ(संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

